पर्सा प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी गंगा पन्त


काठमाडौं, २२ माघ । प्रहरी प्रधान कार्यालयले केही प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ । पर्सा प्रहरी प्रमुखको जिम्मेवारी एसपी गंगा पन्तलाई दिइएको छ । उक्त जिम्मेवारीमा रहेका सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसरमा सरुवा गरिएको छ ।

एसपी पन्तलाई यसअघि चितवन सरुवा गरिएको थियो । रमाना नपाउँदा उनी उक्त जिल्ला पुग्न सकेकी थिइनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी कृष्ण पंगेनीलाई बारा जिल्लाको प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

चितवनमा प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङलाई पठाइएको छ । काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा गरिएको छ ।

प्रकाशित : २०७६ माघ २२, बुधबार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ