वीरगञ्जको प्लाष्टिक उद्योगमा आगलागी, ७० लाखको क्षति


पर्सा, २२ माघ । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–१४ मा रहेको उद्योगमा बुधबार बिहान लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको हो ।

आगो वीरगञ्ज महानगरपालिकाको तीन, कलैया उपमहानगरको एक, जितपुरसिमरा उपमहानगरपालिकाको एक र पोखरिया नगरपालिकाको एक गरी ६ वटा दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिएको वीरगञ्ज महानगरपालिका वारुणयन्त्र शाखाका नेहाल अहमदले बताए ।

आगलागीमा उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनकारी दिए । आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ ।

क्षतिको पूर्णविवरण यकिन हुन बाँकी छ । उद्योग सञ्चालक वीरगञ्ज १६ का राजेश दास तत्वाले भने ७० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । – thahakhabar

प्रकाशित : २०७६ माघ २२, बुधबार १२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ