विजय गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो । यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको हो । अख्तियारले तत्कालीन सचिव शारदा प्रसाद त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवदेन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० को प्रतिवेदनका आधारमा विशेषमा मुद्दाको फाइल लगेको हो ।

सीआइबीले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बेच्ने काममा जग्गा दलालहरु रामप्रसाद सुवेदी र शोभाकान्त ढकालले प्रमुख भूमिका खेलेको जनाएको छ । अख्तियार स्रोतका अनुसार यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने अभियुक्तहरुविरुद्ध मुद्दा चलाइएको हो। अख्तियारले मुद्दा चलाएकामध्ये गच्छदार तत्कालीन भौतिक योजनामन्त्री हुन्। त्यसैगरि बस्न्यात अख्तियारका पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधारसचिव हुन् ।

त्यसैगरि श्रेष्ठ र जोशी भूमिसुधार मन्‍त्री हुन्। पन्त तत्कालीन भूमिसुधार सचिव हुन् । अख्तियार पूर्वप्रमुख आयुक्त बस्‍न्यातसहित पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा विशेषमा पुर्‍याएको हो । यो प्रकरणमा अनुसन्धानको जिम्मेवारी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिएको थियो ।

सीआईबीले लामो अनुसन्धानपछि प्रतिवदेन सरकारलाई बुझाएको थियो । सरकारले यो प्रकरणमा मुद्दा अगाडि बढाउने जिम्मेवारी अख्तियारलाई सुम्पेको थियो। अख्तियारले सीआईबीको अनुसन्धानको फाइल विस्तृत अध्ययनपछि बुधबार मुद्दा विशेष अदालतमा लगेको हो । यो प्रकरणमा सीआईबीले तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र बाबुराम भट्टराईको दोष नरहेको निचोड निकालेको छ ।

सीआईबीले सरकारी निर्णयलाई सही ठहर गर्दै तर कर्मचारीहरुले भूमाफियासँग मिलेर बालुवाटारको जग्गा विक्री गरेको प्रतिवेदन सरकारलाई दिएको थियो । बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाले मिलेर विक्री गरेको ठहर सीआईबीले गरेको छ ।

  • thahakhabar
प्रकाशित : २०७६ माघ २२, बुधबार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ