Big Breaking- नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अन्य तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार आफ्नो फेसबुक पेजमार्फत् मन्त्रालयले यो जानकारी गराएको हो।

रोग नियन्त्रण विभागका प्रमुख डा। बासुदेव पाण्डेले यसको पुष्टि गरेका छन्। ुकैलालीमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु सबैलाई सेती अञ्चन अस्पतालमा राखिएको छ,’ डा पाण्डेले भने।

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको हो । संक्रमण देखिएकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।नेपालमा अहिलेसम्म आयातित केसहरुमात्रै थिए। अब नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये १ जना निको भईसकेका छन् भने अन्य आठ जनामा कोरोना संक्रमण रहेको छ।

प्रकाशित : २०७६ चैत्र २२, शनिबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ