राहत बाड्न पर्सा पुगेका ५ कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि…


पर्सा : कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका छन् ।

यस्तै, उक्त टोलीले सकुवा पर्सौनी गाउँपालिकाबाट पनि पत्र लिएर राहत वितरण गर्न हिँडेको बताइएको छ । तर प्रहरीले उक्त गाउँपालिकाको पत्रलाई बेवास्ता गरि आफूहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् । – नागरिक

प्रकाशित : २०७६ चैत्र २२, शनिबार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ