लकडाउन खुकुलो पार्न सरकारले देखेको तीन विकल्प


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ ।

मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र आगामी एक हप्तामा उत्पन्न हुनसक्ने अवस्थालाई आधार मानेर लकडाउनको मोडालिटी तयार भइरहेको छ ।

अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरुले अहिलेकै जस्तो लकडाउन गरेर समस्या समाधान नहुने सुझाव दिएका छन् । उनी भन्छन्, ‘कोभिड–१९ को खोप पत्ता नलाग्दासम्म पूर्ण निर्मुल नहुने र खोप कहिलेसम्म बन्ने भन्ने विषयमा टुंगो नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।’

प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार लकडाउनका धेरै वटा मोडलमा छलफल भइरहेको छ । त्यसमध्ये धेरै छलफल भएका प्रमुख तीन मोडल यस्तो छ ।

संक्रमित संख्याका आधारमा

संक्रमण नभएको (जिरो केस) क्षेत्रमा स्कुल, कलेज, सिनेमा हल जस्ता भिड लाग्ने स्थान नखोल्ने, सभा/जुलुस गर्न नदिने गरी मन्त्रालयमा छलफल भइरहेको छ । यसबाहेकका क्षेत्रमा सुरक्ष�