नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि


काठमाडौं । २ दिन अगाडी ७ वर्षको बच्चामा कोरोना संक्रमण देखिएको नेपालगन्जमा आज (मंगलबार) ९ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका हुन् ।

नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो दोश्रो घटना हो । यस अघि पनि नेपालगञ्जकै ७ बर्षीया बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

बालबालिकाहरुमा पनि कोरोना संक्रमण हुन थालेपछि अभिभावकहरुमा डर पैदा हुन थालेको छ । यसै सन्दर्भमा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने भन्ने बारेमा एक जानकारी दिनुभएको छ ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ