महोत्तरीको भंगहामा थप एक जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो


बर्दिबास । महोत्तरीको भंगहा नगरपालिका-७ स्थित मेघनाथ गोरहनामा आज थप एक महिलाको मृत्यु भएको छ । यसैसंगै मृतकको संख्या १३ पुगेको हो ।

भंगहा नगरपालिका-७ निवासी ७० वर्षीया गर्भु महतोको आज म‌ंगलवार करीब १ बजेतिर मृत्यु भएको मेघनाथ गोरहन्ना स्वास्थय चौकीका चिकित्सक विजय साहले जानकारी दिए । उनका अनुसार महतोको मृत्यु पनि श्वासप्रश्वासमा समस्या भएर भएको छ ।

यस सन्दर्भमा भंगहा नगरपालिकाका मेयर संजिब साहले उक्त महिलालाई पहिलादेखी नै दममा रोगको समस्या रहेको जनाउँदै उनले अनुसन्धान गर्न स्वास्थ्यकर्मीहरुसँग अनुरोध समेत गरेका छन् ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ