सांसद यादवको माग : नारायणी अस्पताललाई पुन: जनरल अस्पताल बनाऊ


काठमाडौं । जसपा बनेका समाजवादी पार्टीका सांसद प्रदिप यादवले प्रदेश २ स्थित बिरगंजमा रहेको नरायणी अस्पताललाई पुनः जनरल अस्पताल मनाउन माग गरेका छन् ।

अहिले उक्त अस्पताललाई कोरोना विशेष अस्पताल बनाउँदा स्थानीय सर्वसाधारण जनतालाई स्वास्थ्य सुविधा लिन असहज भएको र अन्य नीजी अस्पतालहरुले बिरामी भर्ना लिन निकै झन्झट गर्ने गरेको भन्दै सांसद यादवले उक्त माग गरेका हुन् ।

संघीय सरकारका स्वास्थ्य मन्त्रीलाई भेटेर एक ज्ञापनपत्र दिदै सांसद यादवले कोरोना उपचार केन्द्रलाई तत्काल नरायणी अस्पतालको मुल भवनबाट हटाएर सोही अस्पतालको ऑखा बिभागको भवन ना कलैया अस्पतालमा ब्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

यादव सपाका विद्रोही सांसद मानिन्छन् भने उनको साथमा अर्का सांसद उमाशंक अगरिया पनि स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ