प्रदेश १ मा खतरा बढ्दै, ४७ विरामीलाई राखियो आइसोलेसनमा


 विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ हजार ७ सय ७३ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ