निको भएर घर गएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो


काठमाडौं । वीरगन्‍जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।  रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ