प्रदेश २ आर्थिक वर्षको अन्तिम महिनामा धमाधम अर्बौका योजनाको बाँडफाँड !


जनकपुरधाम । आर्थिक वर्ष सक्न एक महिना मात्रै बाँकी रहँदा प्रदेश २ मा अर्बौका योजना बाँडफाँड भइरहेका छन्। वर्षैभरी सुनसान रह्ने भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश २ का चारवटै पूर्वाधार कार्यालयमा अहिले योजना सम्झौता गर्ने उपभोक्ताको भिड थेग्न नसकिने छ। 

असार मसान्तको अन्त्यमा बजेट सक्नकै लागि हतार हतारमा बनाइएका योजनाको सम्झौता गर्न प्राविधिकलाई भ्याई न भ्याई छ।

गत आर्थिक वर्षको अन्त्यमा यसरीनै हतारमा योजना बाँड्दा समयमै काम सम्पन्न हुन नसकी ८ सय भन्दा बढी योजनाको ८६ करोड रुपैयाँ उपभोक्ता समितिले हालसम्म भुक्तानी पाउन सकेका छैनन्। तर, गत वर्षको गल्तीबाट पाठ सिक्नु साटो त्यसलाई नै निरन्तरता दिनतर्फ प्रदेशसभा सांसद र सरकार लागि परेको देखिन्छ। 
धनुषा र महोत्तरीको संयुक्त कार्यालय रहेको पूर्वाधार कार्यालय जनकपुरमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको २७ सांसदका १८४ वटा योजनाको सम्झौता हुँदैछ। त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका ३२ वटा योजना छन्। 

दुई जिल्ला हेर्न जम्मा १८ जना कर्मचारी रहेको यस कार्यालयमा अहिले प्राविधिकलाई उपभोक्ता समितिसँग योजनाको सम्झौता गर्न भ्याई न भ्याई छ। 
अधिकांश योजना १ करोड भन्�