कोरोनाले भारतमा एक हप्तामै २५ नेपालीको ज्यान लियो


काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप २८ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।

तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै, साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार ११:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ