चीनले भारतको लद्दाख नजिकै बम बर्साउने विमान तैनाथ गरेपछि…

एजेन्सी : भूउपग्रहीय तस्वीर हेर्दा चीनले भारतको लद्दाख नजिक लामो दूरीको आणविक बमवर्षक विमान तैनाथ गरेको देखिएको छ ।
चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखापारि शक्तिसञ्चय गरिरहेको छ । चीनको काशगर एयरफोर्स स्टेसनमा विमानहरू तैनाथ गरिएको हो । ओपेन इन्टेलिजेन्स सोर्समा प्राप्त भूउपग्रहीय तस्वीरमा बमवर्षक तथा अन्य लडाकू विमानहरू देखिन्छन् ।
सियान एच–६ बम्बर ६ वटा छन् र तीमध्ये दुईमा हतियार जडान गरिएको छ । अनि सियान जेएच–७ बम्बर १२ वटा छन् र तीमध्ये दुईवटामा हतियार जडान गरिएको छ । यसबाहेक शेनयाङ जे११/१६ लडाकू विमान पनि छन् । यिनीहरूको रेन्ज ३५ सय ५० किलोमिटर छ ।
सियान एच–६ बम्बर आणविक हतियार लिएर उड्न सक्छ । काशगर एयरफोर्स स्टेसन लद्दाखबाट लगभग ६०० किलोमिटर टाढा छ ।
शेनयाङ जे११/१६ लडाकू विमान २५ सय किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्छ । चीनसँग २५० भन्दा बढी यस्ता विमान छन् । विमानमा ३० मिलिमिटरको तोप पनि जडान गरिएको छ ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव