अपडेट : केरला विमान दुर्घटनामा २ पाइलटसहित १७ जनाको मृत्यु


काठमाडौं : भारतको केरलामा भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

चालक दलका ६ सदस्यसहित कतारबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको AXB १३४४, बोइंग विमानमा १० बालबालिका समेत रहेका थिए । उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७:४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ । विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन । आगो नलाग्दा १७ जनाले मात्र ज्यान गुमाएको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ