औरहीमा करेन्ट लागेर एक किसानको मृत्यु, मोटर चलाउन खोजेका थिए


बिपिन यादव/ टुडेखोज

जनकपुरधाम : धनुषाको औरही गाउपालिका ३ मा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

बिक्रमपुर टोलका ४० बर्षीय शितल यादवको मृत्यु भएको हो । खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा शुक्रवार दिउसो करेन्ट लागेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम भएको छ । सिंचाइका लागि मोटर चलाउने क्रममा प्रदेश २ मा वर्षेनी सैयौंले ज्यान गुमाउछन् ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ