भगवानपुरमा विकासले गति लिएपछि अधिकृत यादबको प्रसंसा


जयनाथ यादव/ लहान : गाउँपालिका होस् वा नगरपालिका । जताततै प्रशासकिय अधिकृतमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । कर्मचारीबाट जनता आजित भएका छन् । तर सिरहाको भगवानपुरका प्रशासकिय अधिकृत दिलिप यादबको भने जताततै प्रसंसा भइरहेको छ ।

कतिपय स्थानीय तहका प्रशासकिय अधिकृतले विकासमा कम र भ्रष्टाचारमा बढी ध्यान दिन्छन् । भगवानपुर गाउँपालिकामा भने यस्तो छैन । प्रशासकिय अधिकृत यादबले इमान्दारिता दिएका छन् । जसले गर्दा जनता खुःशी छन् । विकासको नाममा कमिशन माग्ने जोसुकै कर्मचारीलाई उनले कारबाही गर्ने चेतावनी दिएपछि भगवानपुरमा विकासले गति लिएको छ ।

अधिकृत यादबले काम र व्यवहारबाट जनताको मन जितन सफल भएका छन् । उनी गाउँपालिकामा आएको दुई महिना नबित्दै गाउपालिकामा विकासको लहर चलेको छ । उनको अन्य काम पनि चुस्तदुरुस्त रहेको नगरबासी बताउँछन् ।

तीन बर्ष वित्दा विकास भनेको के हो थाहा नै भएन र अधिकृत यादब आएपछि बल्ला विकासले गति लिन थालेको स्थानीयको भनाई छ । स्थानिय विरेन्द्र चौधरीका अनुसार भगवानपुर १ मा रहेको दुर्गामन्दिर हुलाकी सड़क निर्माण भईरहेकोले मन्दिर रोडमा गएकोले तोडनुपर्छ । नयां मन्दिर निर्माण कसरी गर्ने रु चिन्ता थियो । तर गाउंपालिका अध्यक्ष बेचन यादब र अधिकृतले १० लाख रुपैयाको लागतमा नयां मन्दिर निर्माण गरेपछि खुसी लागेको छ ।

सोही गाउंपालिकाका स्थानिय रामदेव पंडित भन्छन्, ‘२०४९ साल फागुन ८ मा रामजानकी मन्दिर नयां टोल कल्याणपुरमा निर्माण भएको थियो । तर नेपालमा भुकम्प आउंदा मन्दिरमा क्षति पुर्यायो । वर्षा हुँदा छत चुहिन थाल्यो । तर अधिकृत यादब र अध्यक्षको पहलमा मन्दिर प्लास्टर, रङगरोगन र मर्मत गरिएको छ । गाउंको सड़कमा आरसिसी ढलान भएको छ । यहांका जनता धुलो र हिलो मुक्त भएको छ । गाउंपालिकामा कुसल प्रशासक आएको अनुभुति हुन थालेको छ ।’

भगवानपुर गाउंपालिकाका अध्यक्ष यादवको भनाई अनुसार गाउंपालिकाले कुसल प्रमुख प्रशासकीय अधिकृत पाएको छ ‌। उहाँले चुस्तदुरुस्त सेवा दिनुका साथै र पदिय जिम्मेबारी इमान्दारिताका साथ निर्वाह गर्नुभएको छ ।

प्रशासकीय अधिकृत यादवले गाउंपालिकालाई ईमान्दारिता साथ नमुना विकास रुपमा चिनाउने अटुट लक्ष्य रहेको बताए । हरेक क्षेत्रमा गाउंपालिकालाई नमुना बनाउनका लागी अध्यक्ष, कर्मचारी लगायत सम्पुर्ण जनतासंग सहयोगको अपेक्षा रहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ