Breaking- मेयर साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि


पर्सा : वीरगन्जमा सातजना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि संक्रमण देखिएको छ । संक्रमण देखिनेमा २२ वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वीरगन्जका विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायत ठाउँका संक्रमित रहेको बताउनुभयो ।

५५ जना संक्रमितमा एकजना सर्लाही घर भइ डुगर प्रालि वीरगन्ज कार्यालयमा कार्यरत् २६ वर्षीय पुरुष संक्रमित भएको पुष्टि भएको छ । त्यसैगरी, अन्य तीनजना बाराका रहेका छन् ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ