मंगलवार सिरहाका १५ पुरुषमा कोरोना संक्रमण पुष्टि (पुरा विवरण)


जयनाथ यादब/ लहान : सिरहामा मंगलवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार लहान नगरपालिकामा ५ जना संक्रमित थपिएका छन् । यस्तै सुखीपुर नगरपालिका र मिर्चैया नगरपालिकामा ३/३ जना संक्रमित थपिएका छन् ।

यस्तै धनगढीमाई नगरपालिका, भगवानपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा १/१ जनामा कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले बरहथवाका १ जना पनि संक्रमित भेटिएको भनेका छन् । उनलाई सिरहामै समावेश गरिएपनि बरहथवा सिरहा जिल्लामा छैन ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ