जनकपुरको अस्पतालमा विरामी छटपटाउँदै, धरान जान मान्दैनन् एम्बुलेन्स


सिबेन्द्र रोहिता/ जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका घर भएका एक विरामी जनकपुरस्थित समर हस्पिटलमा छटपटाइरहेका छन् । तर उनलाई धरान लग्न एम्बुलेन्स पाइरहेका छैन ।

हंसपुर नगरपालिका ४ नरहैयाका अन्दाजी ४० वर्षीय दुलारचन यादबमाथि गाउँमै ५/७ दिन अगाडी कुटपिट भएको थियो । टाउँको फुटेका थिए उनको । गाउँमै उपचार गराए । तर घाउँ बल्झिदै गएपछि आज उनी जनकपुरस्थित समर हस्पिटल आएका थिए ।

अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धरान लग्न भनिएको छ । तर करिब ३ घण्टादेखि एम्बुलेन्स पाइरहेका छैन । विरामीका आफन्त उदय यादब भन्छन्, ‘एम्बुलेन्स एउटा आएको थियो । तर भाग्यो ।’ किन विरामी बोक्न मानेन थाहा भएन– उनले भने ।

‘एम्बुलेन्स नपाएपछि सिडिओलाई समेत फोन गरेको थिए’, उदयले टुडेखोजसँग भने, ‘उहाँले रेडक्रस सभापतिको नम्बर दिनुभयो । तर त्यो नम्बरमा फोन गर्दा रिसिभ भइरहेको छैन ।’ रंगभुमि मैदान गएपछि एम्बुलेन्स भेटेपनि कोही धरान जान तयार नभएको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार २०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ