प्रदेश २ का मुख्यमन्त्रीले भने- सबै जिल्लामा ल्याव संचालनको प्रक्रिया सुरु भइसक्यो


बारा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसंग मंगलवार छलफल गरेका छन् ।

बाराको पथलैयास्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा नियन्त्रणका लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नुपर्ने कदमबारे सरोकारबलासँग सुझाव मागेका थिए ।

छलफलमा सहभागीहरुले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले इमान्दारिताका साथ प्रयास गरेपनि झन्झटिलो खरिद प्रक्रियाले समस्या देखाएको गुनासो गरे ।

यता, कार्यक्रममा बारा र पर्साका स्थानीय तहका प्रमुखहरुले कोरोना परीक्षणको गति बढाउन र आइसोलेशन कक्ष थप्न माग गरे । छलफलमा उठेका प्रश्नहरुको जवाव दिदै मुख्यमन्त्री राउतले जाँचको गतिलाई तीब्रता दिन हाल संचालनमा रहेका ल्याबहरुमा मेसिन थप गर्नुका साथै रौतटहको गौरसहित सबै जिल्ला अस्पतालमा ल्याव संचालनको प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन पोखरेल , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरु, बारा र पर्साका स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सुरक्षा निकायका पदाधिकारी, अस्पतालका मेसु, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार २१:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ