नर्सहरुले दिए सामूहिक राजीनामा, जीवन बिमा नगरिदिएको गुनासो


विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको सात बुँदे माग मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बिमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसियु र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने माग राखेका थिए ।

यस्तै, यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँच दिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र सात दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले राखेको माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।  अस्पताल प्रशासनले आफ्नोहरुले सुरक्षाको विषयमा कहिल्यै चासो नदिएको नर्सहरुको दाबी छ ।

उनीहरुले  राजीनामाबाट बिरामीमा पर्न गएको असुविधाप्रति अस्पताल नै जिम्मेवार हुनुपर्नेहुने राजीनामा पत्रमा उल्लेख छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको नोबेलकै एकजना नर्सलाई अस्पताल प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा बस्नुपर्ने भनेको थिए ।

नर्सहरूले राखेको माग सुनवाइ नभएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ । हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसकेका छन् ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ