प्रदेश २ मा फेरी दुई कोरोना संक्रमितको ज्यान गयो


पर्सा : प्रदेश २ मा फेरी दुई कोरोना संक्रमितको ज्यान गएको छ । वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ संक्रमितको ज्यान गएको हो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का ६६ वर्षका पुरुष र बिश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षका पुरुष छन् । दुवै जनाको मंगलवार साँझ उपचारको क्रममा ज्यान गएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनका अनुसार मृतक दुवै जना पहिलेदेखि दीर्घरोगी थिए । केही दिन अगाडी संक्रमण पुष्टि भएका दुवै जनालाई नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरको आइसियु र पछि भेन्टिलेटरमा राखेर उपचार भएपनि अवस्था सुधार हुन नसकी मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बारामा कोरोनाले ज्यान जानेको संख्या ७ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ