कोरोना भाइरसबाट मधुमेह र दमका बिरामी कसरी जोगिने ?


काठमाडौं : मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरसले दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई बढी समस्यामा पारिरहेको छ। ज्यान गुमाएकामध्ये अधिकांश संक्रमित यस्तै दीर्घरोगी थिए ।

यो भाइरसले सबैलाई समात्न सक्छ, तर केही पीडित मानिसहरू संक्रमणको बढी जोखिममा छन् । कोरोना भाइरस एक नयाँ सरुवारोग हो र अहिलेसम्म विज्ञहरू पनि यसबारे पूर्ण जानकार छैनन् ‌। अन्य रोगसँग संघर्ष गरिरहेका व्यक्तिहरू कोरोना भाइरसबाट बढी प्रभावित छन् । उनीहरु संक्रमणको निकै जोखिममा छन् ।

चिकित्सकीय जटिलता, न्यूरोलोजिक, आनुवंशिक र मेटोबोलिक जस्ता समस्याहरू वा जन्मजात हृदय रोगहरूसँग संघर्ष गरिरहेका बच्चाहरू अरू बच्चाहरूको तुलनामा कोभिडबाट गम्भीर बिरामी हुने बढी जोखिम देखिएको छ। कोरोनालाई पराजित गर्ने उत्तम उपाय भनेको मानिसहरूलाई सकेसम्म थोरै भेट्नु र सावधानी अपनाउनु हो ।

यी कुरालाई ध्यानमा राख्नुपर्छ

यदी तपाईं कुनै रोगसँग संघर्ष गर्दै हुनुहुन्छ भने आफ्नो औषधिबारे सावधान रहनुहोस् र उपचार जारी राख्नुहोस् । साथै, यदी तपाईंको लक्षणहरु बिग्रेको छ भने सुरक्षित रहनुहोस् र डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

अहिले धेरै स्वास्थ्य विशेषज्ञहरूले अनलाइन परामर्श प्रस्ताव गरिरहेका छन् । कम्तीमा ३० दिनका लागि आवश्यक औषधि राख्नुहोस् । यस्तो बेला घरुबाट बाहिर निस्कनु सुरक्षित छैन । किनकी, घर छोडेपछि कति जना मानिससँग तपाईंको सम्पर्कमा आउनेछन् भन्ने कुरा तपाईंलाई थाहा हुँदैन । यस्तो अवस्थामा तपाईंको डाक्टरलाई सम्पर्क गर्नुहोस् र कम्तीमा ३० दिनसम्म औषधिको भण्डार राख्नुहोस् ।

दमका बिरामीलाई बढी जोखिम

स्टेरोइडको साथ इनहेलरसहित औषधिहरू दमका रोगीले राख्नु अनिवार्य छ । इनहेलर प्रयोग गर्न सिक्नुहोस् र दम बढाउने चिजहरूबाट टाढा रहनुहोस्, तपाईंको कोठा दम नरहेको परिवारको सदस्यबाट सफा गर्नुपर्छ । यस समयमा दमका बिरामीहरू कोठामा बस्नुहुन्न ।

दम बढाउने कीटाणुनाशक प्रयोग नगर्नुहोस् । सफाई गर्दा झ्याल वा ढोका खोल्नुहोस् र हावा जान दिनुहोस् । सावधानीपूर्वक कीटाणुनाशक लेबल लगाइएको निर्देशनहरू पढ्नुहोस् र सफा तौली राख्नुहोस् ।

दम नियन्त्रणबारे बेलाबेलामा पढ्नुहोस्, बिरामीहरूलाई आफ्नै कार्य योजना बनाउन दिनुहोस् । डाक्टरसँगै आफ्नै योजना बनाउनुहोस् । तपाईंको उद्देश्य भनेको दमको आक्रमणबाट बच्नु र नियन्त्रण गर्नु हो ।

मधुमेहका बिरामीले के गर्ने ?

टाइप २ डायबिटिजका रोगीलाई कोरोना संक्रमण जोखिम अत्यधिक हुने गर्छ । यस समयमा तपाईंले मधुमेह गोली र इन्सुलिन जारी राख्नुपर्छ । रगत परीक्षण गर्नुहोस् र तपाईंको नतिजाको ख्याल गर्ने मान्छेलाई आफ्नो स्वास्थ्यबारे बताइरहनुहोस्‌ ।

– थाहा खबर

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ