जनकपुरमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यू


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा आज पिकअप भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा धनुषाको मिथिला विहारी नगरपालिका ४ का अन्दाजी ३० वर्षीय कलाम नदाफ छन् । प्रहरीका अनुसार मृतक युवक प्रदेश २–०३–००१ २२७५ नम्बरको मोटरसाइकल चलाउँदै गर्दा पिकअप भ्यानमा ठोकिएको छ ।

मोटरसाइकलको छपाडी बसेको जनकपुरधाम ५ का २५ वर्षीय अजाबुल राइन समेत घाईते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ । मोटरसाइकलमा ठोकिएको पिकअप भ्यान ज. १ च. २३१८ नम्बरको रहेको छ ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ