आम आदमी पार्टीका अध्यक्षको निधनप्रति समाजवादी युवा संघद्वारा दुःख व्यक्त


जनकपुरधाम : आम आदमी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष अशोक यादबको निधनप्रति समाजवादी युवा संघले दुःख व्यक्त गरेको छ ।

संघका प्रदेश २ अध्यक्ष आतेश कुमार सिंह यादबले विज्ञप्ती जारी गरेर अध्यक्ष यादबको असामयिक निधनको खबरले अत्यन्त दुखि र स्तब्ध बनेको बताएका हुन् । यादब निधनको दुःखद क्षणमा उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

विज्ञप्ती मार्फत मृतकको शोक सन्तप्त समस्त परिवारमा हार्दिक समवेदना प्रकट समेत गरेको छ । विगत एक महिनादेखि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत अध्यक्ष यादबको निधन भएको छ ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ