प्रदेश २ : नदीमा डुबेर मृत्यु भएका तीन बालिकाको परिवारलाई १/१ लाख क्षतिपुर्ती


जनकपुरधाम : रौतहटको बागमती नदी घाटा डुबेर मृत्यू भएका तीन बालिकाको परिवारलाई प्रदेश २ सरकारले १/१ लाख रुपैया क्षतिपुर्ती दिने भएको छ ।

रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमति नदीको घाटमा सोही नगरपालिका वडा नम्बर ७ का लक्ष्मण दासको १५ वर्षीया छोरी स्वचिता दास, भदै मुखियाको छोरी ११ वर्षीया पिंकु कुमारी मुखिया र छठु मुखियाको छोरी १० वर्षीया चञ्चल कुमारी मुखियाको डुबेर मृत्यू भएका थियो । मृतक तीनै बालिकाको परिवारलाई १/१ लाख रुपैया क्षतिपुर्ती दिने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सूचना जारी गरेर क्षतिपुर्ती दिने जानकारी दिएका हुन् । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादबको विशेष पहलमा प्रदेश सरकारले मृतक बालिकाको परिवारलाई क्षतिपुर्ती दिन लागेको छ ।

मुख्यमन्त्री राउतले मृतक बालिकाको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो सम्वेदना समेत व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ