प्रदेश २ का तीन मन्त्रालयमा आए नयाँ सहसचिव


जनकपुरधाम : सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो ।

प्रदेश २ का भुमि व्यवस्थत, कृषि तथा सहकारी मन्त्रालयमा सहसचिव सम्झना कुमारी काफ्लेलाई सरुवा गरेको छ । यस्तै प्रदेश २ कै भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहसचिव राम आधार साह र उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सहसचिव रामचन्द्र कडेललाई पठाएको छ ।

उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश २ का सहसचिव प्रेम नारायण कडेललाई वन तथा वातावरण मन्त्रालय तानिएको छ । यस्तै प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव विमल कुमार निर्मललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय सरुवा भएको छ ।

प्रदेश २ कै भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सहसचिव राजेन्द्र प्रसाद खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ