प्रदेश २ मा बुधवार थपिए २४६ कोरोना संक्रमित (हेर्नुस् पुरा डिटेल)


सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ मा बुधवार ६० जना महिलासहित २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ९ हजार ४२७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा ७१ जना कोरोना संक्रमित थएिका छन् । यस्तै बारामा ५३ जना, धनुषामा ३३ जना, महोत्तरीमा २० जना, सिरहामा २ जना, पर्सामा ५४ जना र रौतहटमा १३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार बुधवार १२८ जना कोरोनालाई जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना महिला रहेकी छन् ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 08-26-2020 17.55.59
CamScanner 08-26-2020 17.55.59
प्रकाशित : २०७७ भाद्र १०, बुधबार १८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ