लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न निर्देशन


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

गएको सोमबार बसेको मन्त्रालयको ‘कोभिड- १९ इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालयले लक्षण नभएका र सामान्य स्वास्थ्य अवस्था भएकाहरुलाई १० दिनमा परीक्षण गरी घर पठाउने तर ‘पोजिटिभ’ देखिएकाहरुलाई थप चार दिन अस्पतालमा राखी १४ दिनको दिन परीक्षण नै नगरी घर पठाउन भनेको हो ।

अस्पतालहरुले १४ दिन बढी राखे भने मन्त्रालयले सोधभर्ना नदिनेसमेत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ