प्रदेश २ : विपन्न तथा असहायका लागि ‘फूड बैंक’ संचालनमा ल्याइयो


बारा : बाराको पथलैया चोकमा युवाहरुले ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ । ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारासहित कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ संचालनमा ल्याइएको हो ।

स्थानीय तहको सहजीकरणमा संचालनमा ल्याइएको फूड बैंकबाट गरिब विपन्नले चामल, दाल, तेललगायतका खाद्यवस्तु सहयोग पाउने छन् । फूड बैंक संचालनमा आएपछि धेरैजनाले चामल, दाल, तेल, चाउचाउ लगायतका समान जम्मा गरेका छन् ।

‘लकडाउन’को समयमा दैनिक मजदुरी गर्न नपाएकाहरुका लागि फूड बैंक संचालनमा ल्याएको संयोजक प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ