सुनको मूल्य तोलामा ८ सय बढ्यो


काठमाडौं : आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ छ ।

हिजो नेपाली बजारमा सुनको मूल्य तोलाको ९६ हजार ८०० रूपैयाँ थियो । पछिल्लो एकसातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज भने ८०० रूपैयाँले उकालो लागेको हो ।

एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रूपैयाँले घटेको थियो । महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९७ हजार १०० रूपैयाँ तोकेको छ ।

यसैगरी, चाँदीको मूल्य तोलाको १३४५ रूपैयाँ कायम भएको छ । हिजो महासंघले चाँदीको मूल्य तोलामा एक ३१० रूपैयाँ तोकेको थियो । चाँदी आज तोलामा ३५ रूपैयाँले बढेको हो ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ