जनकपुरमा मृत्युपछि एक पुरूषमा कोरोना पुष्टि, धनुषामा मृतक १२ पुग्यो


जनकपुरधाम : धनुषामा पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

मुखियापट्टी मुसरनियाँका ४५ वर्षीय पुरूषलाई बुधबार दिउँसो करिब २ बजेतिर ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासको समस्या आएपछि उनलाई प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको दुई घण्टामै उनको मृत्यु भएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ड डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार कोरोनाको शंकास्पद बिरामी देखिएका उनको मृत्युपछि स्वाब परीक्षणका लागि लिइएकोमा आज आएको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । मृतक पुरूष क्षयरोग र मधुमेह रोगका बिरामी थिए ।

योसँगै धनुषामा कोरोनाका कारणले हालसम्म १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ