‘कर्जन्हाका मेयर, वडाध्यक्ष र कर्मचारीकै मिलोमतोमा नदी दोहन हुँदैछ’


लहान : सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान, वडा ३ का अध्यक्ष कपिलेश्वर यादब र कर्मचारीकै मिलोमतोमा नदी दोहन भइरहेको जनता समाजवादी पार्टीले आरोप लगाएको छ ।

ढुङ्गा उत्खननको विरोध गर्दा जितेन्द्र यादब र क्षेत्रलालजित सिंहमाथि गरिएको आक्रमणकारीलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टीले विज्ञप्ती जारी गरेर यस्तो आरोप लगाएको हो । नदी उत्खनन गर्ने र उनीहरुलाई संरक्षण गर्ने जनप्रतिनिधिलाई सम्बन्धित निकायले कारबाही नगरेको बताइएको छ ।

प्रहरीले दोषीमाथि कारबाही नगर्दा उनीहरु दादागिरी शैलिमा नदि उत्खनन जारी राखेका छन् । कर्जन्हा नगरपालीका विगतमा पनि हुल हुज्जतको राजनिति गर्ने अखडाको रुपमा परिचित रहेको उल्लेख गर्दै त्यस्तै कार्यलाई निरन्तरता दिने प्रयास भईरहेको तर अव यस्ता किसिमको कार्यलाई निरुत्साहित पार्न आम जनतासंग विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

कुटिएका यादब र सिंह उपचारपछि घर फर्किसकेका छन् । यादब र सिंहमाथि आक्रमण गर्नेमाथि कारबाही नभए आन्दोलन गर्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ