Breaking- सिराहाका ५५ वर्षीय कोरोना संक्रमितको धरानमा मृत्यू


जनकपुरधाम : सिराहाका एक कोरोना संक्रमितको धरानमा विहिवार साँझ मृत्यू भएको छ । मृत्यू हुनेमा सुखिपुर नगरपालिका ८, सिरहाका ५५ वर्षीय पुरुष छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड- १९ अस्पतालमा साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ति पुरुष भदौ ६ गते मेडिसिन वार्डमा भर्ना भएका थिए ।

उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो । मृतकको शव व्यवस्थापनका लागि अहिले प्रक्रिया सुरु गरिएको छ ।

नोट : भुलवस मृतकको ठेगाना सुखिपुर नपा ८ हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको छ । – सम्पादक

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार २१:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ