सिरहामा भुमाफियाले हड्पेको करोडौंको जग्गा फिर्ता, वन क्षेत्रको कायम


जयनाथ यादब/ सिरहा : सिरहाको गोलबजार नगरपालिका ९ मा हड्पिएको सरकारी जग्गा पुनः फिर्ता भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र वन कार्यालयको प्रयासले हड्पिएको जग्गा फिर्ता भएको हो ।

साविक चन्द्रउदयपुर गाविस ८ मा पर्ने वन क्षेत्रको २ विघा ७ कट्ठा १५ धुर जग्गा सुकुम्वासी समस्या समाधान आयोगले २०५८ मा फौज बहादुर भट्ट क्षेत्रीको नामउँमा दर्ता गरिदिएका थियो । पछि क्षेत्रीले १५ लाख थैली राखि २०७४ असोज २० मा मालपोत कार्यालय सिरहाको रजिष्ट्रेसन नं २६६० बाट अनिता देवी साह र बिना कुमारी चौधरीको नाउँमा संयुक्त नामसारी विक्री दर्ता गरि दिए ।

साह र चौधरीको नाममा भुमाफियाहरुले जग्गा खरिद गरे । पछि उक्त जग्गा करोडौं रुपैयामा अर्का भुमाफियाहरुले खरिद गरी कब्जा गर्न खोज्दा रहस्य बाहिरिएको थियो । स्थानीयले थाहा पाएपछि आन्दोलन समेत गरेपछि प्रशासनले थाहा पाए, अनी जग्गा फिर्ताको प्रयास थालियो । अन्ततः उक्त जग्गा फिर्ता भएको छ ।

उक्त जग्गा सरकारी वन क्षेत्रको कायम हुने निर्णय भई सरकारी जग्गा संरक्षण गर्न सफलता मिलेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाष चन्द्र दासले विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

यस्तै नक्कली कागजात तयार गरि मालपोत कार्यालय सिरहाबाट व्यक्तिको नाउँमा जग्गा दर्ता गराएको चन्द्रोदयपुर ७ ख को किता नं. २४९ को १३ कट्ठा १० धुर जग्गा सरकारी कायम गरिएको सिरहाका प्रजिअ प्रदीपराज कणेलले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ