कोरोना भाइरसले सुनसरीमा लियो थप तीन जनाको ज्यान


सुनसरी : कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै सिराहा जिल्लाको सिराहाको सुखिपुर नगरापालिका ८ का ५५ वर्षिय पुरुषको विहिवार राति मृत्यु भएको हो । मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ