जनकपुर : लकडाउनमा स्टुडियो खोलेको भन्दै दुई व्यापारी पक्राउ


जनकपुरधाम : लकडाउनको अवज्ञा गरेको भन्दै जनकपुरबाट दुई व्यापारीलाई शुक्रवार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

भानुचोकस्थि उपमहानगरपालिकाको कार्यालय अगाडी रहेको हनुमान स्टुडियोका संचालक दिपक साह र अरबिन्द साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनलाई छुटाउन अहिले व्यापारीहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन् । पक्राउ परेको विषयमा केहिबेरमा जानकारी दिने डिएसपी मकेन्द्र मिश्रले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जनकपुरसहित जिल्लाभर लकडाउन गरिएको छ । तर लकडाउनको पालना व्यापारी र सर्वसधारणले गरेका छैन ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ