महोत्तरी : कोरोनाले मृत्यु भएका सहनीको श्रीमती पनि संक्रमित, अवस्था गम्भिर !


जनकपुरधाम : कोरोना भाइरसबाट मृत्यू भएका महोत्तरीका एक पुरुषको श्रीमती पनि संक्रमित भएकी छन् ।

कोरोनाले मनरा सिस्वा नगरपालिका ४ का कमलेश सहनीको मृत्यू भएको थियो । पछि उनका श्रीमती पिंकी सहनीमा पनि कोरोनाको लक्षण देखा परे । उनी उपचारका लागि काठमाडौं पुगेपछि कोरोना पुष्टि भएको छ ।

अहिले उनको काठमाडौंको सुर्या हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखिएको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ