सिरहा : लकडाउनका कारण विद्युत चुहावट बढ्यो, ३० मोटर बरामद


रामभरोसी यादब/ सिरहा : कोरोना भाईरसका कारण लकडाउन भएपछि सिरहामा विद्युत चुहावटमा बढेको छ । लकडाउनको पछिल्लो अवधिमा नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले बिद्युत चुहावट (चोरी) गरि चलाइरहेका ३० भन्दा बढी सिंचाई मोटर बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको विद्युत कर्मचारीको टोलिले गोलबजार नपा १२ बेतोनाबाट विद्युत चोरी गरि कृषकले आफ्नो खेतवालिमा पानी सिञ्चाई गरिरहेको अबस्थामा १.५ देखि २ एचपिको ७ वटा मोटर नियन्त्रणमा लिएको मिर्चैया बितरण केन्द्रका प्रमुख इन्जिनियर दिगम्बर यादवले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको संख्या बढेसङै जिल्लाभर गरिएको लकडाउनको मौका छोपी विद्युत चोरी हुने गरेको सूचनाको आधारमा प्राधिकरण अप्रेशन गरेको छ । बरामद गरिएको मोटर आवश्यक कारबाहीका लागि कार्यालयमा राखिएको छ ।

नियन्त्रणमा लिईएका सवैलाई विद्युत ऐन अनुसार जरिवाना र कारबाही गरेको प्रमुख यादवले जानकारी दिए । घरबत्तिमा हुने चुहावट भने मिर्चैया वितरण केन्द्रको क्षेत्रमा ९९ प्रतिशत न्यूनिकरण भएको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ