जनकपुरमा प्रहरीविरुद्ध व्यापारीले मोटरसाइकल जुलुस निकालेकै छैन : महासेठ


जनकपुरधाम : प्रहरीविरुद्ध व्यापारीले मोटरसाइकल जुलुस ननिकालेको उधोग बाणिज्य संघ जनकपुरका महासचिव जितेन्द्र महासेठले बताएका छन् । उनले प्रहरीविरुद्ध प्रदर्शन गरेको समाचारमा सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

टुडेखोजसँग उनले भने, ‘विहान करिब साढे १० बजे लकडाउनको अवज्ञा गरेको भन्दै भानु चोकमा हनुमान स्टुडियो संचालकलाई प्रहरीले नियन्त्रणमा लिए । त्यसपछि त्यहाँ भिड जम्मा भयो । प्रहरीको विरोध व्यापारीहरुले गरेको हो । तर जुलुस हामी व्यापारीले निकालेका छैनौं ।’

जनकपुरबाट संचालनमा रहेका केहि अनलाइनले भने गलत समाचार सम्प्रेशन गरेका छन् । विहिवार गोपाल सेवा समितिको आयोजनामा निकालिएको मोटरसाइकल जुलुसलाई व्यापारीको जुलुस भन्दै समाचार सम्प्रेशन गरिएको छ ।

https://todaykhoj.com/province-2/18049
प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १४:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ