सिरहा : कोरोनाले मृत्यू भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयको अवरोध


जनकपुरधाम : सिरहाको सुखिपुरमा कोरोना भाइरसबाट ज्यान गुमाएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

सुखिपुर नगरपालिका ८ का अन्दाजी ७० वर्षीय पुरुषको विहिवार राति धरानमा उपचारको क्रममा मृत्यू भयो । मृतकको शव आज विहान सुखिपुर ल्याइयो । तर शवको व्यवस्थापन नेपाली सेनाले गागन नदीमा गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

स्थानीय प्रदिप यादब भन्छन्, ‘शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका छन् । तर सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्न खाल्टो खन्न लाग्दा स्थानीयले विरोध गर्न थाल्छन् । करिब १० बजेदेखि नै सेना हैरान बनेका छन् ।’

आफु मृतकको आफ्न्त रहेको भन्दै स्थानीयले अवरोध गर्दा प्रशासनले शव जिम्मा लिन दबाब दिन थालेको गुनासो गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ