उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा पनि ‘होम आइसोलेसन’मा बसे


काठमाडौं : एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलु होम आइसोलेसनमा बसेका छन् ।

कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकमा चिया लैजाने एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन् । उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन् ।

सिसिएमसीको बैठकमा चिया लैजाने कार्यालय सहयोगीलाई कोरोना देखिएपछि दुवै मन्त्री घरमै बसेका हुन् । त्यही कार्यक्रममा उपस्थित भएका गृहमन्त्री थापाले पनि भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन् ।

मन्त्रीद्वय होम आइसोलेसनमा बसेसँगै नेकपाले भोलि बोलाएको सचिवालय बैठकसमेत स्थगित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको छ।

ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ