कोरोनाले एकैदिन १२ जनाको मृत्यू, नेपालमा मृतकको संख्या १९५ पुग्यो


काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १२ जनाको ज्यान गएको छ । मृत्यू हुनेमा चार महिला र आठ पुरुष गरी १२ जना छन् ।

योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक जना र मकवानपुरकी ७१ वर्षीया एक जना गरी चार जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एक जना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एक जना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एक जना र रुपन्देहीको ६० वर्षीय एक जना गरी आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

९२७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ