प्रदेश २ : सशस्त्र प्रहरीले समात्यो दुई ट्याक्टर काठ, चालक फरार


पर्सा : सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले पर्साको जगरनाथपुर गाउँपालिका २ लक्ष्मीपुरबाट काठ लोड गरिएको दुईवटा ट्याक्टर समातेको छ ।

जंगलबाट अबैध रुपमा फडानी गरिएको काठ बोकेका ना ५ त ३९५४ र ना ७ त २०२७ नम्बरको ट्याक्टरमा सशस्त्र प्रहरीले समातेको हो । ट्याक्टरमा लोड गरिएको काठ र ट्याक्टर अन्दाजी १३ लाख बराबरको रहेको बताइएको छ ।

ट्याक्टरमा ४० वटा गोलीया काठ थियो । जुन करिब १५० क्युफिट रहेको छ । उक्त काठ र ट्याक्टर बिओपि भिखमपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वको टोलीले समातेका छन् । प्रहरी निरीक्षक तामाङले ट्याक्टर चालक भने प्रहरीको टोली देखेर भागेको बताए ।

उनका अनुसार बरामद गरिएको काठ र ट्याक्टर आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय बसन्तपुर सेढुवा पठाइएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ