धनुषाको क्षीरेश्वरनाथका मेयर पजियार कोरोनामुक्त, भने- कोरोनामुक्त नगर बनाउँछु


जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार कोरोना संक्रमणबाट मुक्त भएको छ । शुक्रबार १५ दिनको होम आईसोलेशनको बसाईपछि कोरोना मुक्त भएको हो ।

गत साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि मेयर पजियार होम आईशोलेशनमै बसेका थिए । मेयर पजियार सहित कोरोना संक्रमण पुष्टि भएका उनको परिवारजन पनि कोरोनाबाट सुरक्षित रहेको जनाईएको छ ।

कोरोना संक्रमण मुक्त भएपछि आफु प्रति नगरबासी, देशवासी तथा विभिन्न व्यक्तिहरुले स्वास्थ्य अवस्थाबारे चासो राख्ने र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा मेयर पजियारले धन्यवाद व्यक्त गरे । उनले अब विगत झै फेरी आफ्ना नगरवासीको सुरक्षाको लागि अहोरात्र खट्ने र नगर कोरोना संक्रमण मुक्त बनाउँने प्रतिवद्धता व्यक्त गरे ।

कोरोना भाईरस जो कोहीलाई पनि लाग्न सक्छ बताउँदै मेयर पजियारले यस संक्रमणबाट बच्न सावधानी अपनाउन समेत आग्रह गरे । साथै नगरलाई संक्रमण मुक्त बनाउन सबैको साथ सहयोग चाहिएको उनले बताए । कोरोना भाईरस जो कोहीलाई पनि लाग्न सक्ने भएको हुँदा संक्रमितलाई समाजमा हेला नगर्न पनि मेयर पजियारले आग्रह गरे ।

मेयर पजियारसहित क्षीरेश्वरनाथ नगरपालिका ५ का नितेश कुमार मण्डल (सोनु) पनि १६ दिन हाम आईसोलेशको बासपछि कोरोना संक्रमण मुक्त भएको छ ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ