वीरगन्जमा चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने


पर्सा : कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि वीरगन्जमा थप एक साताका निषेधाज्ञा लम्ब्याइएको छ ।शनिबारदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा थपिएको हो ।

साउन १९ गतेदेखि जिल्लाभरि लगाइएको निषेधाज्ञा भने खुकुलो पारिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

वीरगन्जबाहेका भदौ १९ गतेपछि लकडाउन खुले पनि जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

बैठकले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने, शैक्षिक संस्था, सैलुन, ब्युटिपार्लर, जिमखाना, पुस्तकालय लगायत बन्द रहने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार २२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ