धनुषाको नगराइनका कोरोना संक्रमित एक पुरुषको ज्यान गयो


जनकपुरधाम : धनुषामा थप एक पुरुषको कोरोना भाइरसका कारण ज्यान गएको छ । बिहिबार राति नगराइन नगरपालिका ७ डेवडिहाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड १९ धनुषा संयोजक डा. जामुन प्रसाद सिंहका अनुसार मृतक पुरुष बुधवार प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । तर अवस्था गम्भिर बनेपछि थप उपचारका लागि धरानस्थित विपी मेमोरियल अस्पतालमा लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको छ ।

मृतक ति पुरुष लामो समयदेखि मुटु रोग, दम, डायविटीजका रोगी थिए ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ