‘कोरोना संक्रमणबाट नेपालमा ४९ हजार मानिसकोको मृत्यु हुन सक्छ’


काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।

यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृत्यु हुन सक्ने अनुमान गरेको हो ।

‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको हो । तर नेपालले अवलम्बन गर्ने रणनीतिमा यो कुरा भरपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

नेपालले मध्यम किसिमको रणनीति अपनाएमा यसबाट हुने मृत्युकाे संख्यालाई ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उच्च अवरोधक रणनीति अपनाएका खण्डमा मृतकको संख्यालाई अझ ३३ हजारमा पनि झार्न सकिने प्रतिवेदनमा बताइएको छ।

अन्यथा याे वर्ष (सन् २०२०) काे अन्त्यसम्ममा नेपालमा काेराेनाबाट ४९ हजार २ सय जनाकाे ज्यान जान सक्ने प्रतिवेदनले चेतावनी दिएकाे छ ।

अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेला ।

– नेपाल खबरबाट

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ