मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार चौधरीको मृत्यू


गणेश यादब/ इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा ९ मा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत हवल्दार विजयकुमार मण्डलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान विजयकुमार मण्डलले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल इनरुवा ९ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर अस्पताल पुर्याएको थियो ।

प्रहरी हवल्दारको टाउकोमा अत्यधिक चोट लागेकाले उपचारका क्रममा मृत्यु भएको छ । सुनसरी प्रहरी अनुसार मोटरसाइकल इनरुवा नगरपालिका ९ स्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा भएको छ ।

मृतक हवल्दार मण्डल सप्तरीको बलान बिहुलका हुन् ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ